सोमबार नेप्से ६ अङ्कले घट्यो, माईक्रोफाइनान्सका लगानीकर्ताले कमाए « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

सोमबार नेप्से ६ अङ्कले घट्यो, माईक्रोफाइनान्सका लगानीकर्ताले कमाए



काठमाडौँ । आज सोमबार शेयर बजार ६.६८ अङ्कले घटेको छ । हिजो आइतबार ५५ अङ्कले ओरालो  लागेको बजार आज दिनभर उतारचडावका बिच ६ अङ्कले घटेको छ ।

आज ६ अङ्कले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसूचक २५७०.८१ अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २ सय २७ कम्पनीको ७ करोड ६ लाख ३५ हजार २ सय २० कित्ता शेयर ४८ हजार २ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज माईक्रोफाइनान्स समूहका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । माईक्रोफाइनान्स समूह ७२ अङ्कले बढेको छ । अन्य समूह २१.६१ अङ्कले भने होटेल एन्ड टुरिजम समूह १२ र जीवन बिमा समूह ५ अङ्कले बढेको छ । त्यसै गरी आज सबैभन्दा बढी विकास बैङ्क समूहका लगानीकर्ताले गुमाएका छन् । विकास बैङ्क समूह ८६ अङ्कले ओरालो लागेको छ । 


प्रतिक्रिया दिनुहोस्