पूँजीबजारको सुधारका लागि इन्भेष्टर्स फोरमको ५ बुँदे माग, लगानीकर्ताले ८ खर्ब बढी गुमाए « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

पूँजीबजारको सुधारका लागि इन्भेष्टर्स फोरमको ५ बुँदे माग, लगानीकर्ताले ८ खर्ब बढी गुमाए



काठमाडौँ । पूँजीबजार निरन्तर ओरालो लागेपछि नेपाल इन्भेष्टर्स फोरमले ५ बुँदे माग अघि सारेको छ । सङ्घले बजार निरन्तर ओरालो लागेपछि सुधारको लागि पाँच बुँदे माग अघि सारेको हो ।

आज नेपाल इन्भेष्टर्स फोरमले प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्ताले ८ खर्बभन्दा बढी गुमाइसकेकोले शेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्नुपर्ने लगायतका ५ बुद्धे माग अघि सारेको छ । पुजी बजार विकास र विस्तारको लागि विगतमा उठाइएको मागहरू यथासमयमा सम्बोधन नहुनु पनि बजार घट्नुको कारण भएको फोरमले भनेको छ ।

‘राष्ट्र बैङ्कको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैङ्कबाट ४ करोड र ३ वटा बैङ्क तथा वित्तीय सस्थाबाट १२ करोडको सीमा तोकेर लगानी गर्ने नियम बनाएर लगानिकर्तालाई  निरुत्साहित गरेका कारण उक्त नियम तुरुन्त खारेज गरियोस सङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ । भने सङ्घले नयाँ ब्रोकर सङ्ख्याहरू थप गरी वाणिज्य बैङ्कको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई उक्त बैङ्कहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा बिस्तार गइनुपर्ने माघ समेत अघि सारेको छ । 

ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराउन पर्ने सङ्घको माग छ । हालको कारोबारलाई हेर्दा ब्रोकर कमिशन अत्यन्तै महँगो भएकाले ब्रोकर कमिसनलाई पनि समय सापेक्ष अविलम्ब समायोजन गर्न फोरमले आग्रह गरेको छ । पूँजीबजारको नियमन गर्ने निकाय नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा योग्य व्यक्ती  अभिलम्ब नियुक्त गरी चाडभन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गनूँ पर्ने माग अघि सारेको छ । 


नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले शेयर धितोमा एक बैङ्क तथा वित्तीय संस्थाले ४ करोड भन्दा बढी लिन नमिल्ने नीति बनाएको छ । एक व्यक्तिले पनि जम्मा १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन समेत नपाउने व्यवस्था गरेपछि केही दिन यता निरन्तर बजार ओरालो लागिरहेको छ । नेपाल इन्भेष्टर्स फोरमका अनुसार ४४ लाख साना ठुला लगानीकर्ताले ८ खर्ब भन्दा बढी गुमाएका छन् ।

यस्तो छ संघले जारी गरेको ५ बुँदेमागसहितको विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस्