३३ केजी सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैद « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

३३ केजी सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैद



काठमाडौँ । ३३ केजी सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत मोरङले तस्करी काण्डका नाइके उप्रेतीसहित ६ जनालाई जन्म्कैदको फैसला सुनाएको हो ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ ।

आज मुद्दाको अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदमा एकलाई तीन वर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन् ।

उनीहरू विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । 

मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने उप्रेतीसहित ७७ जना रहेका थिए । त्यस्तैसरि कूल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको स्रेस्तेदार राणाले बताए ।


प्रतिक्रिया दिनुहोस्