९६८ जनामा कोरोना संक्तमण, १११४ निको भए « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

९६८ जनामा कोरोना संक्तमण, १११४ निको भए



काठमाडौँ । मङ्गलवार पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनामा गरिएको परीक्षणमा थप ९ सय ६८ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यो सँगै हालसम्म कोरोना संक्तमित हुनेको सङ्ख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेको छ ।


गत २४ घण्टामा थप १ हजार १ सय १४ जना निको भएका छन् । यो सँगै कोरोना संक्तमणमुक्त हुनेको जम्मा सङ्ख्या ७ लाख ७१ हजार ३ सय ३८ पुगेको छ । देशभर १६ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको छ । यो सँगै कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १ सय ८० जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्