आजैबाट काठमाडौंमा १८ वर्ष माथिका सबैलाई भेरोसेल खोप « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

आजैबाट काठमाडौंमा १८ वर्ष माथिका सबैलाई भेरोसेल खोप



काठमाडौं । काठमाडौं महानगरपालीकामा आजबाट १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाउन थालीएको छ । १८ वर्षमाथीका सबैलाई आजबाट भेरोसेल खोप लगाउन सुरु गरिएको महानगरले जानकारी दिएको छ ।

भेरोसेल खोप लगाउन महानगरका ३२ वटै खोप केन्द्र तोकिएका छन । त्यसैगरी काठमाडौं महानगरका ३२ वडासँगै पाँच वटा अस्पतालमा पनि खोप लगाउने सकिने छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरेको काठमाडौं महानगरपालीकाले जानकारी दिएको ।

खोप लगाउन जादा लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर अनिवार्य लानुपर्ने छ । आजबाट असोज २४ गते आइतबारसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने महानगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्