थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको ज्यान गयो « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ७सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ ।

१ हजार ३३ जना गत २४ घण्टामा कोरोना संक्तमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ जना पुगेको छ । हाल देशभर १५ हजार ६ सय १४ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्