ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजन गरी ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्