सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण र सहकारी सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
काठमाडौँ । सरकारले जारी गरेका चार वटा महत्त्वपूर्ण अध्यादेशहरू राष्ट्रिय सभाबाट स्वीकृत भएका छन्।
शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति नरहे पनि सभाले सरकारद्वारा ल्याइएका यी अध्यादेशहरूलाई अनुमोदन गरिदिएको छ।
राष्ट्रिय सभाको यो स्वीकृतिसँगै सरकारलाई अब यी अध्यादेशहरूको ठाउँमा नियमित कानुन बनाउनका लागि ‘प्रतिस्थापन विधेयक’ संसदमा ल्याउने कानुनी बाटो खुला भएको छ।












