१३ जनाको ज्यान गयो, थप ६६२ जना कोरोना संक्रमण « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

१३ जनाको ज्यान गयो, थप ६६२ जना कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरस संक्रमणका कारण मुत्यु भएको छ । यो संगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ जना पुगेका छन ।

गत २४ घण्टामा थप ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ ओटा पीसीआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ ओटा एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी कुल ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ७ हजार ५२ जना पुगेको छ ।

गत २४ घण्टामा थप ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमित हुनेको संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८४ हजार १ सय ५५ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्