शेयर बजारमा छायो हरियाली, नेप्से साढे २४ अंकले बढ्यो
काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.५७ अंकले बढेको छ । आज नेप्से ०.९३ प्रतिशतले बढ्दा परिसूचक २६५१.६८ विन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ ।
आज दिनभरमा ३५२ वटा कम्पनीको शेयर ७२ हजार २२ पटक किनबेच भएको छ ।













