आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो स्थगित साधारण सभा « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो स्थगित साधारण सभा



काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले साधारण सभा बोलाएको छ । रिइन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारण सभा पुनः बोलाएको हो ।

पहिलो वार्षिक साधारण सभा कार्तिक २६ गते शुक्रवार अपराह्न ५ बजे होटेल अलफ्ट, ठमेल, काठमाण्डौंमा गर्ने रिइन्स्योरेन्सले जनाएको छ ।
हिमालयन रिइन्स्योरेन्सको यसअघि कम्पनीको साधारण सभा कार्तिक १२ गते शुक्रवार गर्ने भनिए पनि काबु बाहिरको परिस्थितिहरूका कारण स्थगित भएको थियो ।

साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर आइपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने छ । भने सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।

61710b10e7c70.jpg


प्रतिक्रिया दिनुहोस्