सोमबार १ लाख डोज फाइजर खोप नेपाल आउँदै, कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई लगाइने « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

सोमबार १ लाख डोज फाइजर खोप नेपाल आउँदै, कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई लगाइने



काठमाडौँ । नेपालमा पनि १२ वर्षमाथीकालाई फाइजर खोप लगाइने भएको छ । कार्तिक २८ गतेबाट १२ वर्षमाथिका किशोर किशोरीलाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको हो ।

आउँदो सोमबार गाभीले फाईजरको १ लाख खोप डोज नेपाल ल्याउने तयारी गरिसकेको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।
उक्त खोप देशभरका २४ अस्पतालबाट १२ वर्षमाथिका किशोर किशोरीलाई लगाइने छ ।

क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई खोपको पहिलो प्राथमिकतामा राखिएको महाशाखाले जनाएको  छ ।


प्रतिक्रिया दिनुहोस्