एमालेलाई लाग्यो महाधिवेशन, शनिवार देशभरका ६ हजार भन्दा बढि वडामा वडा अधिवेशन हुँदै
काठमाडौँ । नेकपा एमालेको वडा अधिवेशन आज शनिवार हुने भएको छ । केन्द्रको निर्देशन अनुसार एमालेले एकै पटक देशभर देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागेको हो ।
वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमाबाट एकैपटक सम्बोधन गर्ने जनाइएको छ ।
एमालेको यसअघिको स्थायी समिति बैठकले कात्तिक ६ गते एकै पटक देशभर वडा अधिवेशन तोके अनुसार निर्धारित मितिमै हुने भएको छ । त्यसै गरी स्थानीय तहको अधिवेशन कात्तिक ९ गतेलाई तोकिएको छ ।













