सामलिङ्ग पावरको आईपीओमा ३९.६७ गुणा धेरै आवेदन पर्यो
काठमाडौं । सामलिङ्ग पावर कम्पनिको प्राथमिक शेयर आईपीओमा लगभग २४ लाख आवेदकले आवेदन दिएका छन । कम्पनिको आईपीओ आवेदन दिने हिजो अन्तिम दिन ५ बजेसम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको शेयर भन्दा ३९.६७ गुणा धेरै हो ।
कम्पनीले कार्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
निष्काशन गरेको जम्मा शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने थिए । जसमा २३ लाख जना आवेदकले ३९.६७ गुणा धेरै आवेदन दिएका छन् ।
कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
















