६ सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ६ सय र चाँदी ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन २ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदीप्रतितोला े १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।