तेह्रथुम पावरको आईपीओ डिम्याट खातामा जम्मा, ओपनिङ रेञ्ज न्युनतम ८४ रूपैयाँ ७४ पैसा, अधिकतम कति ?

काठमाडौं । तेह्रथुम पावरको सर्वसाधारण लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
आईपीओमा २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै योग्य रहेका थिए । भने ८ हजार ८२० जना आवेदकको १ लाख ८ हजार ७६० कित्तामा पनि रद्द गरिएको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाएका छन् । आवेदन दिएका आवेदकमध्ये २२ लाख ८१ हजार ४७ जनाको हात रित्तो भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ ।
कम्पनिको आईपीओ भदौ २५ गते बाँडफाँड भएको थियो । अव शेयर नेप्सेमा सुचिकुत भएपछि दोस्रो दिनबाट कारोबारमा आउने छ ।