मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँड, ८ लाख १९ हजार भाग्यामानीले पाए १० कित्ता सेयर (रिजल्ट हेर्ने तरिकासहित)

काठमाडौं । मध्य भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । आईपीओमा ८१ लाख ९० हजार कित्ताकाे लागी आवेदन परेकाे थियाे । आईपीओ ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शक्रबार विहान ९ बजे क्यापीटलको कार्यलयमा आईपीओ बाडँफाँड भएकाे हाे ।
कम्पनिले असोज २० गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामुहीक लगानी कोषको लागि, ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिन २५ गते वेलुकासम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा बढि आवेदन परेको धितोपत्रको नियम अनुसार आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।
९५ हजार ७ सय २२ जनाकाे अावेदन रद्ध भएकाे छ ।
आईपीओ बाडँफाडँ भएपछि यसरि हेर्न सकिन्छ नतिजा :
कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेपछि रिजल्ट यहाँबाट हेर्न सकिन्छ ।
https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check
https://iporesult.cdsc.com.np/
https://meroshare.cdsc.com.np/#/login
http://mbjcl.com.np/site/d/ipo-issue-close-notice-for-general-public/49/82/321