मध्य भोटेकोशीको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्

काठमाडौं मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज विहान ९ बजे शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाडँफाँड भएको हो ।
क्यापीटलका अनुसार ८ लाख १९ हजार आवेदक आवेदकले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । २३ लाख ९० हजार २१८ आवेदकले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको बाकि २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएकोमा ८ लाख १९ हजार आवे्दकले १० कित्ताका दरले शेयर पाएका छन् भने १५ लाख ७४ हजार ४ सय २८ जना आवेदकको हात रित्तो भएको हो ।
कम्पनिले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको वेबसाइट http://mbjcl.com.np/site/d/ipo-issue-close-notice-for-general-public/49/82/321 बिकी प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check
https://iporesult.cdsc.com.np/
https://meroshare.cdsc.com.np/#/login
http://mbjcl.com.np/site/d/ipo-issue-close-notice-for-general-public/49/82/321