आइतबार सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुदैछ ? « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

आइतबार सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुदैछ ?



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । यस दिन नेपाली बजारमा सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २ सय ४० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार ४ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्