सुपर मादी हाईड्रोपावरले साढे ३१ लाख कित्ता शेयर बिक्री गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

सुपर मादी हाईड्रोपावरले साढे ३१ लाख कित्ता शेयर बिक्री गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री गर्न प्रक्रिया शुरु गरेको हो ।

कममपनीले प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र तँहाको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कुरा कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्