नेप्सेमा सूचीकृत ७० कम्पनीको लाभांश सार्वजनिक: कुन कम्पनीको कति लाभांश ? « Arthapath.com
१ मंसिर २०७८, बुधबार

नेप्सेमा सूचीकृत ७० कम्पनीको लाभांश सार्वजनिक: कुन कम्पनीको कति लाभांश ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूमा लाभांश घोषणा घोषणा गर्ने होडबाजी चलिरहेको छ । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा सूचीकृतमध्ये हालसम्म ७० वटा कम्पनीहरुले मात्रै लाभांश गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा केही कम्पनीको वार्षिक साधारण सभाले पारित गरिसकेका छन् भने केही कम्पनीले साधारण सभा आह्वान गरेका छन् ।

लघुवित्तको लाभांश

राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७० भन्दा बढी लघुवित्त संस्थाहरु दर्ता भई सञ्चालनमा रहेका छन् । तर केही कम्पनी मात्रै नेप्सेमा सूचीकृत रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म २९ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् ।

वाणिज्य बैंकको लाभांश

हालसम्म २२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा हालसम्म्म नबिल बैंकले सर्वाधिक ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ भने सबैभन्दा कम सनराइज बैंकले ७ प्रतिशतमात्रै लाभांश वितरण गर्ने भएको हो ।

विकास बैंकको लाभांश

हाइड्रोपावर कम्पनीको लाभांश

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४३ वटा हाइड्रोपावर कम्पनीनीमध्ये ९ वटा कम्पनीले मात्रै गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये लाभांश घोषणा गरेका कम्पनीमध्ये ङादी ग्रुप पावर कम्पनीले सर्वाधिक २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, अपि पावर कम्पनीले सबैभन्दा कम ११.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्