३ सय १५ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

३ सय १५ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ३ जनामा गरिएको परीक्षणमा थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै कोरोना सङ्क्रमित हुनेको सङ्ख्या  ८ लाख २१ हजार ९ सय ४९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने २ सय १ जना निको भएका छन् । हाल देशभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

८ लाख ३ हजार ३ सय ६९ जना कोरोना सङ्क्रमण निको भएका छन् भने ११ हजार ५ सय ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्


प्रतिक्रिया दिनुहोस्