नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमबार « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमबार



काठमाडौं । नेपाल बैंकको लाभांश सुरक्षित गर्ने सोमबार आन्तिम दिन हो । भोलीसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १७ प्रतिशत लाभांश पाउने छन ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनकको लागि बैंकले मंसिर २१ गते मंगलबार बुक क्लोज गर्ने छ । तसर्थ मंसिर २० गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकले प्रस्ताव गरेको लाभांश पाउने छन ।

पुस २ गते शुक्रबार केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यामबाट साधारण सभा गर्ने छ ।

बैंक संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजीको १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्