मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित « Arthapath.com
८ असार २०८३, सोमबार

मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित



काठमाडौं । मेगा बैंकको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले हाल कायम चुक्ता पुजीको १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

बैंकको आज सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२।०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैँया पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

बैंक्ले कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैंया सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

बैंक्ले २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरुबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्