सिटिजन्स बैंकको विद्यापती चोक शाखा आफनै भवनमा स्थान्तरण « Arthapath.com
३ माघ २०७८, सोमबार

सिटिजन्स बैंकको विद्यापती चोक शाखा आफनै भवनमा स्थान्तरण



काठमाडौं । सिटिजन्स बैंकले विद्यापती चोक ,जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । आज सोमबार उक्त भवनमा पूजा पाठ गरी बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरि बैंकिङ्ग कारोवार संञ्चालन गरिएको बै.कले जनाएको छ ।

करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको छ ।

सुविधा सम्पन्न यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्