राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहले ५० देखि १०० प्रतिशतसम्म छुट पाउने « Arthapath.com
३ माघ २०७८, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहले ५० देखि १०० प्रतिशतसम्म छुट पाउने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकले ५० देखि १ सय प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते देखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत र डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको बैंकले जनाएको छ ।

आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७ औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्