संक्रमणका तीन लहरमा सबै भन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका नागरिक « Arthapath.com
२० माघ २०७८, बिहीबार

संक्रमणका तीन लहरमा सबै भन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका नागरिक



काठमाडौं । विश्व महामारी कारण केही संक्रमितको मृत्यु भएको छ । त्यस मध्ये नेपालमा कोभिड–१९ संक्रमणका तीनवटा लहरमा सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार संक्रमणका कारण हालसम्म मृत्यु भएका ११ हजार ७६४ मध्ये ६ हजार ३९२ जना ६० वर्षमाथिका नागरिक छन् । तीमध्ये ६० देखि ६९ वर्षसम्मका दुई हजार ४६७, ७० देखि ७९ वर्षसम्मका दुई हजार ३३३ र ८० भन्दा माथि उमेर भएका एक हजार ५९२ जना रहेका छन् ।

त्यस्तै, ५० देख ५५ वर्षसम्मका दुई हजार २७८, ४० देखि ४९ वर्षसम्मका एक हजार ६५२, ३० देखि ३९ वर्षसम्मका ९५४ र २० देखि २९ वर्षसम्मका ३६८ जना रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेमा १९ वर्षमुनिका १०७ जना रहेको मन्त्रालयको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस्