ताेलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियाे « Arthapath.com
२५ असार २०८३, बिहिबार

ताेलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियाे



काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले ओरालो लागेको हो।

मूल्य घटेसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा तय भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन बुधबार भने यही सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदीमा १६० रुपैयाँ कमी आएको छ। यससँगै चाँदीको नयाँ मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्