झापाको जुत्ता उद्योगमा आगलागी « Arthapath.com
२५ असार २०८३, बिहिबार

झापाको जुत्ता उद्योगमा आगलागी



काठमाडौं । झापाको जुत्ता उद्योगमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका-६स्थित एक उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरू भएको हो।

श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको हो। आगलागी नियन्त्रणको लागि ईप्रका काकडभिट्टाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, बिर्तामोड र भद्रपुर नगरको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्