१ किलो ११५ ग्राम सुन र ३ थान मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ « Arthapath.com
२० माघ २०७८, बिहीबार

१ किलो ११५ ग्राम सुन र ३ थान मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलमा आगमन टनेल गेटबाट ३ जनालाई अवैध १ किलो ११५ ग्राम र ३ थान मोबाइलसहित ३ जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुमध्ये २ जना हिमालय एयरको उडानमार्फत् दुबईबाट र १ जना एयर अरेबियाको उडानमार्फत् सारजहाँबाट काठमाडौं आएका बुझिएको छ। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० सोगाढा घर भएका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरको मनहरी गाउँपालिका–७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३१ वर्षीय दावा छिरिङ शेर्पा छन्।

पक्राउ परेका सुनिलको साथबाट बेरुवा ओंठी र सिक्री १–१ थान गरी ५० ग्राम सुन तथा ४ थान आइफोन १३ प्रो म्याक्स मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ। यस्तै, नवराजको साथबाट बेरुवा औंठी र सिक्री १–१ थान गरी ५० ग्राम सुन र आइफोन १३ प्रो म्याक्स १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्