थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । भने सो संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा ३५ हजार ७४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्