प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाए बैठक, स्थानीय निर्वाचनको मिति घोषणा हुने « Arthapath.com
२४ माघ २०७८, सोमबार

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाए बैठक, स्थानीय निर्वाचनको मिति घोषणा हुने




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना पनि रहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ। आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए। भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्