पैसा नभएको बैंकको चेक काट्ने कोटेश्वरका अरुण खड्का पक्राउ « Arthapath.com
९ असार २०७९, बिहीबार

पैसा नभएको बैंकको चेक काट्ने कोटेश्वरका अरुण खड्का पक्राउ



काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने एक जना ब्यक्ति प्रक्राउ परेका छन् । रामेछापको लिखु तामाकोशी घर भइ हाल कोटेश्वरमा बस्दै आएका २८ वर्षिय अरुण खड्का बुधबार तीनकुनेबाट पक्राउ परेका हुन् ।

खड्काले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई २०७८ साल चैत ७ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । उनलाई अदालतले दश लाख १२ हजार जरिवानासहित ३ दिनको जेल सजाए सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्