कर्मचारी समायाेजन र स्वापमा लिखित गर्न हिमालयन तयार, हिमालयन-सिभिल बैंककाे एमओयू आजै « Arthapath.com
२९ असार २०७९, बुधबार

कर्मचारी समायाेजन र स्वापमा लिखित गर्न हिमालयन तयार, हिमालयन-सिभिल बैंककाे एमओयू आजै



काठमाडाैं । कर्मचारी समायाेजनमा कुरा नमिलेकाे भन्दै भाँडिएकाे हिमालयन बैंक र सिभिल बैंककाे मर्जर फेरी अघि बढेकाे छ । हिमालयन बैंकले सिभिल बैंकका सीईओ शुनिल पाेखरेललाई डेपुटी सीईओ मान्न लचकता देखाएपछि मर्जर सकारात्मकतर्फ अघि बढेकाे हाे ।

अन्य सर्त पुरानै अनुसार बुधबार ३ बजेपछि दुई बैंककाे एमओयू हुनेछ । हिमालयन बैंंक कर्मचारी समायाेजन र स्वाप रेस्यामा लिखित गर्न तयार भएपछि मर्जरमा सहमती भएकाे सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बताए ।

पहिले सबै कुरा क्लियर थिएन अव एमओयूमै सबै कर्मचारीकाे सम्मानजनक समायाेजन र स्वाप रेस्याे पनि डिडिएपछि तलमाथि हुन सक्ने भन्ने कुुुरा थियाे अव सबै लिखितनै हुनेगरी सहमती भएकाे पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस्