हिताचीले ल्यायो नयाँ चार उत्पादन नेपाली बजार, २ वर्ष भित्र हिताचीलाई नम्बर वान ब्रान्ड बनाउने लक्ष्य « Arthapath.com
१३ श्रावण २०७९, शुक्रबार

हिताचीले ल्यायो नयाँ चार उत्पादन नेपाली बजार, २ वर्ष भित्र हिताचीलाई नम्बर वान ब्रान्ड बनाउने लक्ष्य



काठमाडौं । हिताचीले नेपाली बजारमा आफ्ना नयाँ ४ उत्पादन लन्च गरेको छ । कम्पनीले मिडिया, कम्पनीका अधिकृत डिलर र युनिभर्सल इलेक्ट्रोकम प्रा ली का प्रतिनिधिहरूको उपस्थितिमा उक्त उत्पादन लन्च गरेको हो ।

रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा. लि.– नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो। उक्त कार्यक्रममा ए.एच.एस. जीका प्रबन्धक निर्देशक चेन टेक बैंड, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थामको उपस्थित थिए।

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् । कार्यक्रममा सहभागीहरूलाई उत्पादन को लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ । साथै हिताचीका विभिन्न ब्रान्डलाई नेपाली बजारमा अबको २ वर्ष भित्र नम्बर १ बनाउने लक्ष्य राखिएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौ।” हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ । त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठुलो अपिल रहेको छ । ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ। नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई झन् बलियो बनाएको छ ।

हिताचीका प्रबन्धक निर्देशकेन टेक बेङले “रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गछौँ।”, ।

उत्पादन विवरण

कार्यक्रमले चार वटा उत्पादन बजारमा ल्याएको थियो । ती हुन

१. हिताची फ्रन्ट लोड वाशिङ मेसिन BD-D120XGV सरल र कुशल

यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, ए.आई. वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ ।

२. हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर PV-XL2K 240 US: प्रभावशाली, छिटो, र कुशल

धेरै सजिलो, छिटो र कुशल तरिकाले भुईदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ।

३. हिताची माइक्रोवेभ ओभनः एक अद्वितीय हिताची मल्टिटास्कर

यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको छ, जसमा प्रत्येक ग्राहकको लागि केही न केही पक्कै छ।

४. हिताची फ्रेन्च बटम रेफ्रिजरेटर R-WB640VOPB ठण्डा र विलासी

नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ । लक्जरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्दछ ।

राम्रो डिजाइन, परिष्कृत उत्पादन र सेवा मार्फत हिताचीले विश्वभरका ग्राहकहरूको जीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

जुलाई १, २०२१ मा आरसेलिक र हिताची ग्लोबल लाइफ सोलुशन्स इक विचको संयुक्त उद्यमको रूपमा स्थापित, ज्ष्तबअजष् अग्रगामी विश्वव्यापी व्यावसायिक हो । आरसेलिकएस र हिताची जीएलस इकको संयुक्त उद्यम मार्फत, उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन्। आरसेलिक ले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ । कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा दक्षिण एसियामा बलियो वृद्धि हासिल गरेको छ । हिताची जीएलस ले मुख्यतया दक्षिण पूर्व एसिया र मध्य पूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ, यहाँ यसले उच्च स्तर ब्रान्डको छविको आनन्द लिन्छ ।

५० वर्ष अघि स्थापना भएको रमेश कर्म नेपालकै एक ठुलो निजि औद्योगिक र व्यापारिक समुह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तियसेवा, घरजग्गा, जलविद्युत, खानि, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । कम्पनीले आफ्ना व्यावसायिक अभ्यासहरुमा Forward together“ संगै अघी बढी “ भन्ने मुल नारा लाई आत्म साथ गरेको छ । आफ्ना ग्राहकहरु, कर्मचारीहरू, लगानीकर्ताहरू, र साझेदारहरूका साथै रमेश कर्पले राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्षा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्