पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता छन् छुट « Arthapath.com
१८ श्रावण २०७९, बुधबार

पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता छन् छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न छुट पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विभिन्न छुट दिने जनाएको हो ।

(१) वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भइ २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन।

(२) वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।

(३) २०७९ पस मसान्त भित्र गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷पुनः नियुक्त हुन बाधा पर्ने छैन ।

(४) वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिनेछ ।

(५) वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्न पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ।


प्रतिक्रिया दिनुहोस्