नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक सेवा « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक सेवा



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । भदौ १ देखि लागु भएको यस प्याकेजमा उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक– डेली अफर अन्तर्गत २४ घण्टामा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध गरिएको छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिनसम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

टेलिकमका प्रवक्ता रन्जित लोहियाका अनुसार एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी ६ नम्बर छनौट पश्चात् खरिद गर्न सकिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्