घरजग्गामा लगानी नगर्न सहकारी विभागको निर्देशन « Arthapath.com
३ भाद्र २०७९, शुक्रबार

घरजग्गामा लगानी नगर्न सहकारी विभागको निर्देशन



काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी नगर्न निर्देशन दिएको छ । विभागले सुचना जारी गर्दै सहकारीलाई स्थिर सम्पतिमा लगानी नगर्ने निर्देशन दिएको हो । छोटो समयमा प्रतिफल दिने खालको योजनाहरुमा मात्रै लगानी गर्न विभागले सुझाएको छ ।

त्यस्तै, विभागले घाटामा सञ्चालन भै रहेको सहकारी संस्थालाई शेयर लाभांश तथा कर्मचारी बोनश कोषको रकम वितरणमा रोक लगाएको छ । सहकारी नाफामा नगएसम्म सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, विना योजना खोलिएका, घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु बन्द गर्न निर्देशन दिएको छ ।

त्यस्तै, प्रत्येक सहकारी संघं संस्थाका सञ्चालक समिति र व्यवस्थापकले एक हप्ताभित्रमा शेयर पूँजी, जगेडा कोष,द कूल सम्पति, कूल बचत, लगानीमा रहेको कर्जा, कूल शेयर सदस्य संस्था, कूल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कूल संस्थागत पूँजी र विभिन्न कोषहरुको जम्मा रकम संस्थाका शेयर सदस्यहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी समेत विभागले निर्देशन दिएको छ । साथै आगामी दिनमा मासिक रुपमा सो जानकारी सार्वजनिक रुपमा सुचना निकाली जानकारी गराउन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्