सुपर न्यादीको विद्युतगृह पुग्ने सुरुङ मार्गमा ’ब्रेक थ्रु’ « Arthapath.com
५ भाद्र २०७९, आईतवार

सुपर न्यादीको विद्युतगृह पुग्ने सुरुङ मार्गमा ’ब्रेक थ्रु’



काठमाडौं । उत्तरी लमजुङको ङादीखोलामा निमाणभधीन ४२ दशमलपव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युत्गृह पुग्ने पहुँच सुरुङमार्गको ब्रेक थ्रु’ भएको छ ।

अर्धभूमिगत विद्युत गृह निर्माणको लागि आयोजनाले बरिब चार सय मिटर सुरुङमार्ग निमर्नण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको छ ।मर्स्याङ्दी गाउँपालिका–६ डहरेमाथि निर्माण हुने ड्यामसाइडसम्म्को २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ ।
यो कार्य दुई महिनामा पूरा हुने आयोजनाले जनाएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै बन्नेछ । हेलिकप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पु¥याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने कार्यसमेत भइरहेको छ ।


आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार सात किलोमिटरको सुरुङमार्गमा काम भइरहेको छ । विद्युत् गृह पुग्ने पहुँचमार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी दुई वर्षभित्र (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद बिक्री हुनेछ ।

हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न सात अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाा (७५ प्रतिशत) ऋण लगानी गर्नेछ । प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट (२३५.७६ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ ।


प्रतिक्रिया दिनुहोस्