महिलाको कोटामा दिनुभाको थ्यो नि ठिक्क भयो ! « Arthapath.com
८ भाद्र २०७९, बुधबार

महिलाको कोटामा दिनुभाको थ्यो नि ठिक्क भयो !



नबराज जोशी

काठमाडौं । करिब एक हप्ता अघाडिको कुरा हो मेरो गाउँको एक सरकारी विद्यालयमा बाल विकास सहजकर्ताका लागि दरखास्त आव्हान गरेको सुचना प्राप्त भयो । सुरुमा त्यसप्रती कुनै चाँसो लागेन तर केही समय पश्चात् गाउँको एकजना दाइ आएर ल भाइ अब दिनुपर्छ, विद्यालयलाई तिम्रो खाँचो छ भन्नुभयो ।

मेरो खाँचो……….. विद्यालयलाई…….. बौद्धिक व्यक्तित्वहरु भएको विद्यालयमा म जस्तो एक सामान्य, भर्खर भर्खर सिक्दंै गरेको एक तुच्छ मनुवाको अवाश्यकता……..!!

केही दिन अघाडि म बजारबाट घर फर्किदै थिएं । उक्त विद्यालयको पनि विदा भएर विद्यार्थीहरु घर फर्किदै थिए । विद्यार्थिको हुलको अघाडि एक जना उमेरले १२÷१३ वर्ष, उचाइले करिब ४ फुट अग्लो र पढाईमा कक्षा ८ मा पढ्नेले त्यो हुलको नेतृत्व गरिरहेको र अर्को पट्टि तुलनात्मक रुपमा अग्लो, उमेरले पनि बढी भएको अर्को विद्यार्थीले अर्को हुललाई नेतृत्व गरिरहेको थियो । ’मार्दिन्छु म तलाई….. सा….. मा…..’ भन्दै चिच्याएको आवाज आयो‘। पछाडी फर्किन्छु त्यहि सानो मान्छे रहेछ चिच्याउने । यो घटना विद्यालय परिसरभन्दा हल्का बाहिर हो, सडकमा । यो एक प्रतिनिधि घटना थियो । अनि फेरि सम्झेँ भाईले भनेको । भाइ भर्खरै निजि स्कुलबाट उक्त विद्यालयमा भर्ना भएको थियो । केही दिन अघाडी उ भन्दै थियो कि हाम्रो स्कुलमा त ’नक’, ’मोबाइल’, ’खुकुरी’ जस्ता वस्तुहरुको प्रयोग गर्ने, जे मुखमा आयो त्यो गाली गर्ने गर्छन्, सरहरुको कोहि डर नै मान्दैनन्। अनि फेरि सम्झेँ म बजार जान लागेको थिएँ, बाटोमा उक्त विद्यालयका विद्यार्थीहरु आउँदै थिए, कम्पनी रोडबाट । विद्यार्थीको हातमा मोबाइल थियो, मज्जाले गीत सुन्दै आउँदै थियो। यी यावत घटनाहरु सम्झनामा आए। अनि मैले म पढाउने स्कुलमा गरेको क्रीयाकलाप सम्झेँ, एकपटकका लागि ।

सायद, म हुँदो हुँ त थोरै कम गर्न सकिन्थ्यो होला ।विद्यार्थीको मानसिकतामा थोरै परिवर्तन गर्न सकिन्थ्यो होला भन्ने लाग्यो । शिक्षक अलि बढी सक्रिय हुनुपर्छ उक्त परिस्थितिको सामना गर्नका लागि भन्ने लाग्यो । म यो कुरा पनि जान्दछु, अहिलेको परिस्थितिमा विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक प्रणालिमा सहभागी बनाउने हो भने उनिहरुलाई पढाइ सङ्गै अन्य क्रीयाकलापमा सहभागी गराउनुपर्छ । यो सबै हुनुको कारण भनेको शिक्षामा अनुभूति नभएर, डर, नियमको सम्मान, विद्यालयको महत्व, सृजनशिलता प्रती वेवास्ता आदि हुन्। यति सोचिसकेपछी मैले सोचें, बाल विकास सहजकर्ताको बारेमा र किताब सङ्कलन गरेर बाल बिकासको बारेमा अध्ययन गर्न थालेँ ।

बालबालिकाको बाल विकास वा पुर्वप्राथमिक अवस्था बडो संवेदनशिल र निकै महत्व बोकेको अवस्था रहेछ भन्ने कुरा थाहा पाइयो। यो अवस्थामा बालबालिकाको उमेर ३ देखि ५ वर्ष सम्म हुने रहेछ । यो अवस्थाका लागि बालबालिकाको इच्छा खेल्ने, रमाउने, साथीहरुको समूह बनाउने, हात समाउँदै तान्ने, नयाँ वस्तुप्रती जिज्ञासु बन्ने, संवेदनाहरु मज्जाले प्रकट गर्ने आदि इत्यादिको बारेमा ज्ञान आर्जन गरियो। जति सक्दो माटोमा खेल्न रुचाउने, जिस्किन मन पराउने, देखेको आफू गर्ने खोज्ने लगायतका विशेषताहरु हुनेरहेछन् भन्ने कुराको ज्ञान प्राप्त गरियो । खास गरिकन यस उमेरका विद्यार्थीहरु नक्कल गर्नमा अभ्यस्त हुनेरहेछन्। अब यी यावत विषयवस्तुको अध्ययन पश्चात् म, मेरो समाजलाई र समाजमा भएको विद्यालयहरुको कल्पना गर्छु, सम्झन्छु ।

विशेष यस अवस्थाका बालबालिकाहरु आमाबाबुबाट टाढा राख्ने उदेश्यले विद्यालय पठाएका हुन्छन्, मेरो समाजमा । आफ्नो काम गर्ने समय मिल्दैन, वा झन्झट हुन्छ भनेर आफ्ना बालबालिकाहरु विद्यालय पठाइन्छन् । अनि विद्यालयमा पुर्वप्राथमिक तहमा पठनपाठन हुने भनेको किताबी ज्ञान, अनुभूति विहिन सिकाई, जबरजस्त बनाइएको कार्यतालिकाको पुर्तीका लागि विद्यालयले काम गरेको र शिक्षकले तलब वा सरकारी सेवा हो वा स्थायी भइन्छ भनेर काम गरिएको वा काम गर्न खोजेको जस्तो देखिन्छ यदि गहन अनुसन्धान, विश्लेषण गरियो भने। यो कुरा मैले विश्लेषण गर्दा पाएको तथ्य हो।

यस्तो अवस्थामा म भएँ भने मैले बाबुआमाको माया, समाजको संस्कृती तथा संस्कार, गुरुको तर्फबाट नियम, कर्तव्य, अधिकार, सिकाई, समाज, सामाजिक उत्तरदायित्व, प्राकृतिक स्रोतको पहिचान र उक्त स्रोत सङ्गको हाम्रो सम्बन्ध, सम्मान, मोह आदिको बारेमा अभ्यस्त गराउनु, वा सिकाउनु मेरो कर्तव्य हुन आउँछ भनेर सामान्य आंकलन गरेको थिएँ। मलाई तलबको सम्झना आएन, सरकारी कर्मचारीको विषयमा सोच्ने समय मिलेन तर मैले विद्यार्थीको भविष्य सुनिश्चित गर्ने माध्यमका रुपमा आफुलाई उभ्याउन समेत भ्याँए। मलाई अब अरु पढ्नुपर्छ जस्तो नै लागेन बरु यस्तो लाग्यो कि मैले त्यहाँ जाँदा मेरो कर्तव्यबाट विचलित त हुने हैन भन्ने कुराको चिन्ता लाग्यो अनि आफ्नो मन बलियो बनाएँ, म त्यहाँ गए पछि कत्ती पनि विचलित नभइकन करिब ५ वर्ष काम गर्छु अनि अन्तै कुद्छु भनेर सामान्य आफ्नो कार्यतालिका बनाएँ। यति बनाइसकेपछी समय नजिकिदै थियो पढ्न सुरु गरेँ । जति पढ्दै गएँ उति नै मनमा एक किसिमको जाँगर, साहस, माया, सद्भाव थपिदै गयो। अनि केही समय पश्चात् त्यो समय आयो परिक्षाको तयारी सुरु भयो ।

परीक्षा हलमा छिरेँ, अनि सबैलाई हेरेँ, सबैलाई चिन्ता थियो परिक्षाको तर म बालबालिकाको भविष्य हेरिरहेको थिएँ, सम्झिरहेको थिएँ अनि योजना निर्माण हुँदै थियो, अझ थपिदै थिए, नयाँ नयाँ तरिकाहरु। बालबालिकालाई माटो सङ्ग अभ्यस्त गराउँछु, संस्कार सहितका कार्यहरु जानकारी गराउने, सिकाउने, व्यवहारमा लागू गर्ने, प्रकृति सङ्गको दृश्यावलोकन, अनुभूति, अनुभव जस्ता कुरा गर्नमा हरसम्भव प्रयासरत रहने आदि………। यति सोच्दा सोच्दै प्रश्न पत्र आयो, पहिलो वस्तुगत अनि उत्तीर्ण गर्नुपर्ने भन्ने कुरा सुनियो। मलाई अलि असहज लाग्यो किनकी मैले वस्तुगत र विषयगत दुबै प्रश्नपत्र सङ्गै आउलाउन् र दुबैको जोडेर उत्तीर्ण भइन्छ भन्ने लागेको थियो तर…..। तर पनि प्रयास गरेँ सकेसम्म। जति आउँथ्यो गरेँ, केही कुरा थप पनि अनुमानमा गरेँ अनि समय अगावै बाहिर निस्किएँ। यति छिटो? भनेर प्रश्न गर्ने धेरै थिए तर मलाई मेरो भावनाले बलियो बनाएको थियो, मलाई त्यो नम्बर सङ्ग कुनै मतलब थिएन। उत्तिर्ण, अनुत्तिर्ण सङ्ग कुनै सम्बन्ध थिएन किनकी म मेरो भावनामा बलियो थिएँ। मैले आज सम्मको समयमा कुनै पनि परिक्षामा कसैलाई सोधेर उत्तर लेखेको छैन र अब पनि लेख्दिन भन्ने कुरामा अडिग थिएँ। केही समय पछि प्रश्न पत्र जाँच हुन थाल्यो।

सबैलाई चिन्ता बढ्यो नाम आउँछ कि नाई? भनेर तर मैले यो कुरा सोच्ने समय नै पाएन । प्रश्नपत्र चेक हुन थाल्यो, केही समयपछी नगरपालिकाका मान्छे आए र पुर्वप्राथमिक तहमा केटा मान्छे किन राखेको? भन्ने प्रश्न गर्नुभयो । त्यसपछी भित्र कपि जाँच गर्ने मान्छे हाँसे, केटो आउट भयो, गललल हाँसे । म एकछिन छानाबाट झरेजस्तो भएँ तर नतिजा सार्वजनिक हुँदा सम्म मैले आफुलाई सम्हालिसकेको थिएँ । मेरो नाम निस्केन है भनेर भनेँ सबैलाई अनि म निस्केँ । निस्किनै लाग्दा एकजना परिक्षार्थीले भन्नुभयो, “ठिक्क भयो, महिलाको कोटामा पुरुष लड्ने?“ यो कुरा सुनेपछी यति रिस लाग्यो, पश्चाताप भयो कि मैले अझ धेरै मिहिनेत गर्नुपर्थो र नाम निकाल्नुपर्थ्यो अनि म देखाउँथेँ कि पुरुषले के कति गर्न सक्छ भनेर बेस्सरी सुनाउँ जस्तो लाग्यो तर आफुलाई सम्हालेँ, अनि निस्किएँ बाहिर।

(नबराज जोशी सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कैलाली बहुमुखि क्यापसमा स्नातक चौंथो तहमा अध्यनरत विद्यार्थी हुन)


प्रतिक्रिया दिनुहोस्