कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबलाई सम्झनुस्

काठमाडौं । नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ । अझ कानुनी रूपमा दर्ता भएको, काम गर्न उपयुक्त वातावरण भएको र कर्मचारीलाई राम्रो सेवा–सुविधा दिने कम्पनी भेटाउन झनै गाह्रो छ । काठमाडौंमा रोजगार प्रदान गर्ने धेरै कम्पनीहरू छन्र तिनीहरु अधिकांश सामाजिक सञ्जालमा पनि एकदमै सक्रिय छन्। अधिकांश कम्पनीहरुले कुनै अनुभव बिना पनि राम्रो काम उपलब्ध गराउने दाबी गर्छन्।
शत– प्रतिशत रोजगारीको ग्यारेन्टि दिएर गरिएको उनीहरुको विज्ञापन यसरी राखिएको हुन्छ कि एसइइ वा माध्यमिक तहको मात्र योग्यता भएका व्यक्तिहरुले पनि सजिलैसँग आकर्षक तलब सहित जागिर पक्का पाउँछन्, त्यो पनि एक कल फोनको भरमा । त्यसैले आवेदकहरुले पनि कुनै खोजीनिति बिना नै कामको लागि आवेदन दिन्छन् ।धेरै जसो यस्ता कम्पनीहरूले शुरुमा आफ्नो सेवालाई निःशुल्क भनेर प्रचार गरे पनि दर्ता शुल्क, सञ्चालन शुल्क र अन्य शुल्क भनेर अनेक बहाना बनाइ जागिर खानेहरुबाटै उल्टै मोटो रकम असुल्ने गरेको पाइन्छ । त्यस्तै कतिपयले त जागिर पश्चात एक महिनाको पुरै तलब बराबर सम्मको रकम असुल्ने गरेको गुनासो पनि बारम्बार आइरहन्छन्। यस्तै कारणहरुले गर्दा नेपालमा राम्रो र स्थायी जागिर खोज्न निकै कठिनाइ झेल्नु परेको पाइन्छ ।
र, यसैले गर्दा नेपालमै काम गर्ने र राम्रो करियर बनाउन चाहने मानिसहरुलाई गाह्रो त भएको छ नै, उनीहरुलाई थप हतोत्साही पनि बनाएको छ । यस लेख मार्फत आज हामी तपाईंहरुलाई त्यस्तो घोटालाहरूबाट कसरी बच्ने र कसरी राम्रो काम पाउने भन्ने जानकारी दिन गईरहेका छौँ। यस्ता ठगीका घटनाहरूबाट बच्न र वास्तवमै राम्रो कम्पनीमा काम पाउन शुरुमा त आफैँलेकेही अनुसन्धान गर्नुपर्छ ।भर्खरै स्नातक अथवा स्नातकोत्तर तहसम्मको अध्ययन सकाएर बसेका विद्यार्थीहरुले रोजगारी खोज्ने क्रममा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा भनेको रोजगार प्रदान गर्ने कम्पनी कानूनी रूपमा दर्ता भएको छ या छैन भनेर थाहा पाउनु हो। अहिलेको डिजिटल समयमा धेरै जसो कम्पनीहरूको आफ्नै वेबसाइट हुन्छ जसमा कम्पनीको सबै जानकारीहरु राखिएको हुन्छ । तपाई आफुले काम गर्न चाहेको कम्पनीको वेब–साइटमा लग– इन गरेर आवश्यक विवरणहरू पत्ता लगाउन सक्नुहुन्छ ।
यस्तै गरी कम्पनीको लिङ्कड–इन वा अन्य सामाजिक सञ्जाल मार्फत पनि कम्पनीको बारेमा थप जानकारी पाउन सक्नुहुन्छ । र यति गरिसकेर पनि तपाईं अझै विस्तृतमा बुझ्न चाहनुहुन्छ भने धधध।पगmबचष्वयद।अयm मा लग–इन गर्न सक्नुहुनेछ । अथवा कम्पनीको तीनकुनेस्थित कार्यालयमै गएर पनि बुझ्न सक्नुहुनेछ । रोजगारी खोज्ने, आवेदन दिने तथा रोजगारीसँग सम्बन्धित अन्य गतिविधीहरुलाई सरल बनाउने लक्ष्यको साथ कुमारी जबको स्थापना भएको हो ।
यसको वेबसाइटमा दर्ता भएका सबै कम्पनीहरु नेपाल सरकारको कानुन अनुसार दर्ता भएका हुन्छन् । यसको साथै कुनै कम्पनीलाई आफ्नो वेबसाइटमा दर्ता गर्नुअघि कुमारी जबले उक्त कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र सहकार्य गर्ने गर्छ । यी कम्पनीहरुको माग अनुसार कुमारी जबले भर्खरै पढाई सकेका र वास्तविक कामको अनुभव नभएका मानिसहरुलाई पनि इन्टर्न अथवा एन्ट्री लेभल पोजिसनमा जागिर मिलाइदिने काम गर्छ । त्यस्तै गरी कुनै पनि क्षेत्रमा काम गरेको राम्रो अनुभव भएका मानिसहरुलाई पनि कुमारी जबले अझै राम्रो अवसर प्रदान गर्छ । यसको वेबसाइटमा दर्ता भएका हजारौं बहुराष्ट्रिय कम्पनीहरू, गैरसरकारी संस्थाहरू र आईएनजीओहरूमा जो कोहीले पनि आफूले खोजे जस्तो काम पाउन सक्छन्।