बिहीबार यी १० कम्पनीले सर्वाधिक कमाए « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

बिहीबार यी १० कम्पनीले सर्वाधिक कमाए



काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार शेयर बजारमा झिनो आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लागे पनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, अपरहेवाखोला हाइड्रोपावर कम्पनी ६.५९ प्रतिशत, महुली लघुवित्त वित्तिय संस्था ५.८४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२ ,प्रोग्रेसिभ फाइनान्स लिमिटेड ३.८२ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्