अर्थमन्त्रालयको पूँजीबजार छानबिन समिति देखाउने दात मात्रै, काराबोर खुम्चिदैं १ अर्ब ३८ करोड पुग्यो « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

अर्थमन्त्रालयको पूँजीबजार छानबिन समिति देखाउने दात मात्रै, काराबोर खुम्चिदैं १ अर्ब ३८ करोड पुग्यो



काठमाडौं । शेयर बजारमा आजै सुधार आउन सकेको छैन । शेयर बजार यो साता निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा राताम्य कायमै हुदाँ लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । आर्थिक वर्ष सुरुभएसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ओरालो लागि रहेका करण शेयर बजारमा त्यसको पनि प्रभाव परेको आंकलन गरिन थालेको छ ।

कुनै समय ३२०० बिन्दु भन्दा माथि लाग्ने शेयर बजार आजभोलि २००० बिन्दुमा भन्दा तल खस्कि रहेको छ भने कारोबार पनि १ अर्बमा सिमित हुदै गइरहेको छ । शेयर बजार उतापचडाप कायमै रहदाँ शेयर बजारको अबको यात्रा अन्यौल रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पूँजी बजारका लागि खासै कुरा नसमेटर आन्दोलनमा उत्रिएका लगानीकर्तालाई शान्त बनाउन अर्थमन्त्रीले उक्त बिषयमा छानबिन समिति बनाएको भएपनि उक्त छानबिन समेट हात्तिको देखाउने र चापाउने दात जस्तै फरक भएको छ । उक्त समितिको छानबिन कता पुग्यो केही कुरा सार्वजनिक नै भएको छैन । लगानीकर्ताले केही दिन अगाडि मात्र नेप्सेलाई पूँजीबजार सुधार जस्ता कुरा लिएर ध्यानआकर्षक पत्र बुझाएको थियो ।

शेयर बजार चालु आर्थिक वर्ष सुरु भएसँगै निरन्तर ओरालो लागि रहेको पाइन्छ । नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको एक साता छलाङ आएको शेयर बजारमा त्यो समय यता शेयर बजार निरन्तर खुम्चि रहेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से झिनो अकंले ओरालो लाग्दा आज ७ उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन समूहको ०.९४ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.७९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०४ प्रतिशत, जीवन बीमा समूहको ०.५९ प्रतिशतले शेयर मूल्य बढेको हो । साथै आज अन्य समूहको १.९२ प्रतिशतले शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्