एमाले नुवाकोट चुनावमा होमियो, अध्यक्ष मैनालीको नेतृत्वमा २००१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्ला कमिटिको पूर्ण बैठक नुवाकोटको विदुर स्थित होटल दाश ईन मा सम्पन्न भएको छ ।
बैठकले नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको संयोजकत्वमा २ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
सोही बैठकले सिफारिसमा परेका उम्मेदवारहरूको छलफल गरी रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय समेत गरेको छ ।
सोही अवसमरा नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डे, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, संघिय साँसद नारायण खतिवडा लगायतको को उपस्थिती रहेको थियो ।