लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख ३८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा कम्पनीको ९.५ प्रतिशत बापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


















