हिमालयन एभरेष्ट इन्स्योरेन्सले निःशुल्क निर्जीवन बीमा अभिकर्ताको तालिम दिने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सले निःशुल्क निर्जीवन बीमा अभिकर्ताको तालिम दिने



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निःशुल्क तालित संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम निःशुल्क संचालन गर्न लागेको हो ।

कम्पनीले भुर्चअल माध्यमबाट, बीमा व्यवसायी अभिवृद्धि गर्न एवं स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गर्न लागेको जनाएको छ ।

उक्त तालिम भदौ २८ गतेदेखि भदौ ३० गतेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुन इच्छुक व्यक्ति तथा संघ÷संस्थाका प्रतिनिधिहरुले कम्पनीको केन्द्रीय कार्यालयमा भदौ २७ गतेसम्म सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंबाट संचालन हुने तालिम विहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने एसएलसी÷एसईई परिक्षा उत्तिर्ण गरेका नेपाली नागरिकहरुले तालिममा सहभागित जनाउन सक्नेछन् ।

तालिममा सहभागित जनाउनका लागि नागरिकताको प्रमाणपत्रहरुको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्रको प्रतिलिलि र पासपोर्ट साइजको फोट ४ थान पेश गर्नुपर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्