डिशहोमको अफरः १ बर्षमको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने « Arthapath.com
२६ असार २०८२, बिहीबार

डिशहोमको अफरः १ बर्षमको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने



काठमाडौं । डिशहोमले १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सार्वजनिक गरेको छ । दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि उक्त योजना ल्याएको हो । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

योसंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख जित्ने अवसर पाउछन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ । एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नंम्बर वान टेलिभिजन सेवा प्रदायक हो। साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्