चौथो पूर्वाधार सम्मेलन : पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत प्रयोग गर्नुपर्नेमा विज्ञहरुको जोड « Arthapath.com
८ असार २०८३, सोमबार

चौथो पूर्वाधार सम्मेलन : पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत प्रयोग गर्नुपर्नेमा विज्ञहरुको जोड



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा बृद्धि हुन बचत बढ्न जरुरी रहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा मन्त्री शर्माले ९० प्रतिशत खर्च गर्ने प्रवृतीले बचत बढ्न नसकेको बताए ।

बचत गर्ने संस्कार नहुँदासम्म पूर्वाधारको क्षेत्रमा लगानी बढ्न नसक्ने र आन्तरिक स्रोतलाई पूर्वाधार निर्माणमा लगाउन पूँजी बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्न लागेका मन्त्री शर्माले बताए । उनले पूर्वाधार निर्माणमा विदेशी लगानी ल्याउनै पर्नेमा पनि जोड दिए ।

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दु लोहनीले नेपालमा कुल ग्राह्स्थ उत्पादन (जीडीपी) को अनुपातमा पूर्वाधार क्षेत्रको लगानी एसिया प्रशान्त क्षेत्रमै न्यून भएको बताए ।

नेपाल उद्योग परिसंघसँगको सहकार्यमा गरेको अध्ययनमा नेपालमा पुर्वाधारको अन्तर कम गर्न ३१ अर्ब अमेरिकी डलर लगानी गर्न आवश्यक रहेको र उक्त आवश्यकता पुरा गर्न आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले विभिन्न स्रोत प्रयोग गर्दै विदेशी लगानी ल्याउनै पर्ने लोहनीले बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बैंकले अस्थिर प्रकृतिको निक्षेपबाट दिर्घकालिन कर्जा लगानी नसक्ने भएकाले डिभेन्चरलगायका अन्य स्रोतबाट रकम जुटाउनुपर्ने बताएका थिए ।

दीर्घकालिन लगानीको ब्याजदर स्थिर राख्ने नीतिगत व्यवस्था गरेका र ठूला पूर्वाधार आयोजनामा लगानी गर्न सकियोस् भनेर ठूलो बैंक बनाउन खोजिएको कुरा मिश्रले खुलाएका सगैँ कोर क्यापिटलको १०० प्रतिशत बण्ड जारी गर्न सकिने व्यवस्था गरिएको हो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको दक्षिण एसीया र एसियान क्षेत्रमा सार्वजनिक क्षेत्रका संस्था प्रमुख जेसन भिंगले कुनै पनि देशले क्रेडिङ रेटिङ गर्दैमा विदेशी लगानी बढाउन नसक्ने बताए । भिंगले सरकार र केन्द्रीय बैंकले पारदर्शी प्रणाली बनाउन सक्नुपर्ने र कुन देशले कस्तो पूर्वाधार बनाउने भन्ने विषयमा राष्ट्रिय पूर्वाधार नीति आवश्यक हुनेसगैँ प्रष्ट नीति बने मात्र कुन स्रोतबाट वैदेशिक लगानी ल्याउने भन्ने योजना बनाउन सजिलो हुन्छ भन्ने सन्दर्भ अगाडि सारे ।

इण्डियन इन्फ्रास्ट्रक्चर फाइनान्स कम्पनीका नायव महाप्रबन्धक राजिबकुमार गुप्ताले पूर्वाधार निर्माण गर्ने कम्पनीलाई सस्तो ब्याजदरमा दीर्घकालिन कर्जा दिनुपर्ने बताए । भारतमा पूर्वाधार निर्माणमा लगानी गर्ने कम्पनीलाई विभिन्न स्रोतबाट फण्ड जुटाएर स्रोत सुनिश्चित गर्ने गरेका र दीर्घकालिन कर्जा दिने प्रणाली विकास नहुँदासम्म पूर्वाधारमा लगानी बढ्न नसक्ने उनले बताए ।

नेपाल उद्योग परिसंघको पूर्वाधार समिति सभापति आशीष गर्गले नेपालका बैंक तथा वित्तीय संस्थाले फिक्स ब्याजदरमा लामो अवधीको कर्जा दिन नसकेको बताएका छन् । प्रोजेक्ट फाइनान्नसिङमा समस्या छ र जलविद्युतमा विदेशी लगानी ल्याउन नसकेसगैँ सरकारले पीपीपी मोलडमा आयोजना विकास गर्ने भनेको तर जोखिममा कुनै सहकार्य नभाको गर्गले बताए ।

कार्यक्रम विज्ञहरुले ग्रीन बण्ड, प्रोजेक्ट फाइनान्सिङ, डाइरेक्ट लेण्डिङ, शेयर लगानीलगायतका विभिन्न विकल्प प्रयोग गर्दै विदेशी लगानी ल्याउनुपर्ने सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्