टेलिकमको प्रिपेड कम्बो अफरः एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने « Arthapath.com
५ आश्विन २०७९, बुधबार

टेलिकमको प्रिपेड कम्बो अफरः एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।

कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले असोज २ गतेदेखि १ सय ९९ देखि ६ सय ९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यो अफर अन्तर्गत १ सय ९९ मा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४ सय २० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

३ सय ४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४ सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४ सय ९९ मा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यो अफर अन्तर्गत ६सय ९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २ हजार ८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यो अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६ सय ओटा र ६० मा जम्मा ३ सय ओटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *1415*55#डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्