नयाँ उचाईमा अमेरिकी डलरको भाउ, १ डलर साट्नको लागि कति खर्च गर्नुपर्छ ? « Arthapath.com
९ आश्विन २०७९, आईतवार

नयाँ उचाईमा अमेरिकी डलरको भाउ, १ डलर साट्नको लागि कति खर्च गर्नुपर्छ ?



काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

यस्तै, युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरि, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्